Tuesday, May 26, 2026

प्रहरी समायाेजन नहुँदा कार्यसम्पादनमा समस्या भएकाे प्रदेश सरकारका मन्त्रीहरूकाे गुनासाे

ताजा / भरखरै प्राप्त

काठमाण्डाै – प्रदेश सरकारका मन्त्रीहरूले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई आफ्नो कार्यसम्पादन गर्न समस्या भएको बताएका छन् । काठमाण्डाैमा आयोजित शान्ति, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तर प्रदेशस्तरीय गोष्ठीमा बोल्दै प्रदेश सरकारका मन्त्रीहरूले प्रहरी समायोजन नहुँदा अपराध नियन्त्रण, शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा काम गर्न समस्या भएको बताएका हुन् ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारी अध्यादेशबाटै भए पनि ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणको सम्पूर्ण अधिकार प्रदेश सरकारलाई दिनुपर्ने बताउनुभयो ।

यस्तै मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले सङ्घ सरकार र राजनीतिक नेतृत्वले प्रदेश सरकारका लागि गर्नुपर्ने कर्तव्यहरू पूरा नगरिरहेको बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री आदेशकुमार अग्रवालले प्रहरी समायोजनको बहस २००७ सालदेखि सुनिरहेको भए पनि अझै कार्यान्वयन नभएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

यस्तै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सार्कीले सुदूरपश्चिम सरकार सधैं सङ्घ सरकारको उपेक्षामा परेको गुनासो गर्नुभयो । उहाँले सबै प्रदेश सरकारहरूलाई अधिकार सम्पन्न बनाए मात्र देशको विकासमा टेवा पुग्न बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री यमलाल कँडेलले वित्तीय सङ्घीयतामा भएका समस्याहरूलाई समाधान गर्न जरुरी रहेको बताउनुभयो ।

spot_img

लोकप्रिय

Related Articles