Tuesday, May 26, 2026

झापामा यस वर्ष ९ सय ३७ मेट्रिक टनभन्दा धेरै कोदो उत्पादन

ताजा / भरखरै प्राप्त

झापा – झापामा यस वर्ष नौ सय ३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार सात सय २६ दशमलव ८८ हेक्टर क्षेत्रफलमा नौ सय ३७ मेट्रिक टनभन्दा धेरै कोदो उत्पादन भएको हो ।

यस वर्ष प्रतिहेक्टर एक दशमलव २९ मेट्रिक टनका दरले कोदो उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले बताउनुभयो । उहाँका अनुसार धेरैजसो पालिकाले कोदो उत्पादनका लागि अनुदान दिएका छन् ।

भद्रपुर नगरपालिकाले परम्परागत बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत यस वर्ष कोदो खेतीका लागि दुई सय ५१ कठ्ठा क्षेत्रफलमा प्रतिकठ्ठा एक हजार रुपैयाँका दरले प्रोत्साहन स्वरूप किसानलाई अनुदान दिएको नगरपालिकाको कृषि शाखाका अधिकृत सुमन विमलीले बताउनुभयो ।

कोदोजस्ता बालीले हाम्रो परम्परा, संस्कार र पहिचान संरक्षण हुनाका साथै किसानको आयआर्जनमा सहयोग पुग्ने भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलले बताउनुभयो । रैथाने बाली प्रवर्द्धन कार्यक्रमले कृषिमा विविध

spot_img

लोकप्रिय

Related Articles