Tuesday, May 26, 2026

राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा

ताजा / भरखरै प्राप्त

लिस्बन (पाेर्चुगल) – नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीवारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण शुरू गरेको छ ।

फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईको नेतृत्वमा पोर्चुगल आइपुगेको टोलीले राजधानी लिस्बनबाट ई–पासपोर्ट वितरण शुरू गरेको हो । टोलीले लिस्बनमा रहेको ओलाइसमा घुम्ती शिविर सञ्चालन गरेको छ ।

गएको अगस्टमा लिस्बनमा सञ्चालित घुम्ती सेवा शिविरबाट राहदानी बनाउन आवेदन दिएका आवेदकहरूको तयार भएको राहदानी वितरण गर्न शिविर सञ्चालन गरिएको दूतावासले जनाएको छ ।

शिविरमा राहदानी लिने नेपालीको भीड लागेको छ । हिजो पहिलो दिन एक सय ४७ वटा ई–पासपोर्ट वितरण गरिएको टोलीले जनाएको छ । पोर्चुगलमा रहेका नेपालीको सहजताका लागि लिस्बनमै आएर राहदानी वितरण शुरू गरिएको राजदूत भट्टराईले बताउनुभयो । ६ दिनसम्म सञ्चालन हुने घुम्ती शिविरबाट दुई हजार पाँच सय ५४ वटा ई–पासपोर्ट वितरण गरिने तयारी छ ।

राहदानी विभाग काठमाण्डौबाट राहदानी तयार भएको इमेल प्राप्त गरेका सेवाग्राहीलाई समय तालिकाअनुसार शिविरमा आई राहदानी बुझ्न राजदूत भट्टराईले आग्रह गर्नुभएको छ ।

spot_img

लोकप्रिय

Related Articles