Tuesday, May 26, 2026

झापा कपको दोस्रो क्वाटरफाइनमा इटहरीको राष्ट्रिय जागृति र भारतको जीटीए दार्जिलिङको खेल आज

ताजा / भरखरै प्राप्त

काठमाण्डौ – प्रथम झापा कपको दोस्रो क्वाटरफाइनमा आज इटहरीको राष्ट्रिय जागृति र भारतको जीटीए दार्जिलिङ क्लब खेल्नेछन् । विर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा दिउँसो दुई बजेपछि खेल शुरू हुने छ ।

यसअघि हिजोको पहिलो क्वाटरफाइनलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई हराउँदै सिरहाको सलहेश युवा क्लब सेमिफाइनलमा पुगेको छ ।

झापा–११ फुटबलको क्लबको आयोजनामा भइरहेको प्रतियोगिता यही पुस आठ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपालका नौ र भारतको एउटा क्लबको सहभागिता छ ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

spot_img

लोकप्रिय

Related Articles