Tuesday, May 26, 2026

आज संघीय संसदका तीन समितिको बैठक हुँदै

ताजा / भरखरै प्राप्त

संघीय संसदअन्तर्गत अर्थ समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज सिंहदरबारमा बस्दैछ।

अर्थ समितिको बैठक
अर्थ समितिको बैठक बिहान ११ बजे संघीय संसद सचिवालय सिंहदरबारमा हुनेछ। बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गरिने कार्यसूची रहेको छ।

विधायन व्यवस्थापन समितिको बैठक
विधायन व्यवस्थापन समितिको बैठक बिहान ११:३० बजे समितिको बैठक कक्षमा बस्नेछ। बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ का सम्बन्धमा विज्ञहरूसँग छलफल गरिनेछ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १२:३० बजे सिंहदरबारमा हुनेछ। बैठकमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या र समाधानका उपायहरूबारे छलफल हुने जानकारी गराइएको छ।

spot_img

लोकप्रिय

Related Articles