Tuesday, May 26, 2026

हामीमाथि मिडिया ट्रायल भयो, घर किनेको किस्ता अझै तिर्दैछु : निकिता पौडेल

ताजा / भरखरै प्राप्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहकारी ठगीको आरोपमा थुनामा छन् । रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो खाताबाट ठूलो रकमको कारोवार भएको भनि प्रकाशित समाचारहरुप्रति प्रतिक्रिया जनाएकी छन् ।

सूर्यदर्शन सहकारी ठगीमा कास्की प्रहरीले हिजो मात्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ। उनीमाथि अन्य सहकारी ठगीको आरोपमा पनि अनुसन्धान चलिरहेको छ । यसैबीच रविकी पत्नी निकिता पौडेल लामिछानेको खातामा करोडौं रकम आएको दावी गर्दै समाचारहरू पनि छ्याप्छ्याप्ती भएका छन् ।

सहकारीकै रकम उनको खातामा गएको दावी गरिएको छ । यसैबीच रविकी पत्नी निकिताले यसबारेमा मुख खोलेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत यी सबै समाचार झुठा रहेको र मिडिया ट्रायल भइरहेको बताएकी हुन् । उनले चार करोडमा किनेको घरको किस्ता आजसम्म पनि तिरिरहेको बताएकी छिन् । उनी भन्छिन्, ‘कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन् । मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र ?’

आफूले सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेको भन्दै उनले संवेदनशील विषयमा मिडिया संवेदनहीन भएको गुनासो गरेकी छन् । ‘समाचार लेख्नेमाथि दया लागेर आउँछ । खाता मेरो हो । यति–उति पैसा छ भनेर आफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि ! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु ।’

हेर्नुस उनको फेसबुक स्टाटस

आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नु भयो, ‘तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कति ? अलिकति मलाई पनि देऊ न ।’ मैले पनि हाँस्दै भने, ‘त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु ।’ बुवा–छोरीको कुराकानीको सन्दर्भ थियो, अनुसन्धानमा रहेको विषयमा भएको ‘मिडिया ट्रायल’ को । कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन् ।

मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र ? आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु । यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु ! समाचार लेख्नेमाथि दया लागेर आउँछ । खाता मेरो हो । यति–उति पैसा छ भनेर आ–आफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि ! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु । मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको हो । अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौं ।

spot_img

लोकप्रिय

Related Articles