Tuesday, May 26, 2026

सिम्रौनगढमा साढे तीन करोडको भवन निर्माण हुँदै

ताजा / भरखरै प्राप्त

निर्माणधिन भवन स्थल

बाराको सिम्रौनगढ इलाका प्रहरी कार्यालयमा महिला , बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नयाँ भवन बनिरहेको छ । पूर्व प्रहरी अतिरिक्त महानिरिक्षक मिरा चौधरीको विशेष पहलमा उक्त नयाँ भवन बनिरहेको हो ।
यूके एआइडी यूनोप्सको आर्थिक सहयोगमा ३ करोड ५० लाखको लागतमा अढाई तल्ले भवन निर्माण हुन लागेको हो । लामा कन्सट्रक्सनले ठेक्का लिएको यो भवन निर्माणको काम डिसेम्बर १ देखि सुरु भएको हो । सन् २०२५ को जुलाई मसान्तभित्र निर्माण सम्पन्न हुने गरि निर्माण सुरु भएको यस भवनमा सेवा केन्द्रका लागि चाहिने सुबिधा सम्पन्न प्रशासनिक र अन्य कोठाहरु हुने ठेकेदारले बताएका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरु माथि हुने हिंसा यस क्षेत्रमा बढी रहेको र यसका लागि भवनको अभाव भएको देखेर इप्रका सिम्रौनगढको प्रांगणमा उक्त संस्थाले भवनको निर्माण गर्न लागेको प्रहरी निरिक्षक नविन राईले बताउनु भएको हो । यो सुविधा सम्पन्न भवन निर्माण भएपछि यस भेगका करिब १ लाख भन्दा बढी नागरिक लाभावन्तित हुने इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ ।

निर्माणधिन भवन स्थल

spot_img

लोकप्रिय

Related Articles