Tuesday, May 26, 2026

नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सलाई

ताजा / भरखरै प्राप्त

जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिगको उपाधि जितेको छ । हाई ‘स्कोरिङ’ खेलमा लाहिरु मिलान्थाले ८७ रन बनाएपछि सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गरेको हो ।

सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिंदै जनकपुर च्याम्पियन बनेको हो । फाइनलअघि मिडियासँगको कुराकानीमा जनकपुरका कप्तान आसिफ शेखले फाइनलमा राम्रो क्रिकेट खेल्ने बताएका थिए । उनले भने जस्तै फाइनलमा जसले राम्रो क्रिकेट खेल्यो उसैले जित्यो ।

बलिङमा सुरुमा रन खर्चिए पनि पुनरागमन गर्दै सुदूरपश्चिमलाई १८४ रनमै रोकेपछि जनकपुरले जवाफमा उत्कृष्ट ब्याटिङ गर्दै खेल जितेको हो ।

जनकपुरलाई च्याम्पियन बनाउन मिलान्थाले फाइनलमा उत्कृष्ट ब्याटिङ गरे । उनले ४९ बल खेल्दै ९ चौका र ४ छक्काको मदतमा सर्वाधिक ८७ रन बनाएका हुन् । पहिलो विकेटका लागि मिलान्था र कप्तान आसिफ शेखले ७३ रनको साझेदारी गरेका थिए । आसिफले सातौं ओभरको अन्तिम बलमा आउट हुनुअघि १९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाए ।

spot_img

लोकप्रिय

Related Articles