नश्लीय र सामप्रदायिक व्यवहार गर्नेलाई कार्वाहीको माग गर्दै आईतबार बारामा यूवाहरुको समुहले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

शनिबार काठमाण्डौको त्रिभुवन अन्तराष्ट्रिय रंगशालामा भएको नेपाल प्रिमियर लिगको फाइनल खेलमा जनकपुर बोल्ट विजयी भएपछि सुदुरपश्चिम रोयल्सका समर्थकहरुले रंगको आधारमा गरेको विभेद र मधेशी समुदायका यूवाहरुमाथी गरेको हातपातको विरोध गर्दै कलैयाका यूवाहरुले उक्त ज्ञापन पत्र बुझाएका हुन् ।

सुजित पाण्डेयको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बारामा पुगेका यूवाहरुको समुहले सामप्रादायिक व्यवहार गर्ने त्यस्ता व्यक्तीलाई पक्राउ गरी कार्वाहीको माग गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र गृहमन्त्रालयलाई समेत बोधार्थ गरिएको उक्त ज्ञापन पत्रलाई सामान्य ठानेर कुनै कार्वाही अगाडी नबढाए यूवाहरुको समुहले अझ सशक्त रुपमा विरोधको कार्यक्रमहरु गर्ने पाण्डेयले बताएका छन् ।

