Tuesday, May 26, 2026

मधेश प्रदेश सरकारले औषधि आपूर्ती नगर्दा प्रादेशिक अस्पताल कलैयामा औषधिको अभाव

ताजा / भरखरै प्राप्त

आर्थिक वर्ष सुरु भएको पाँच महिना बितिसक्दा पनि मधेश प्रदेश सरकारले औषधि आपूर्ती नगर्दा प्रादेशिक अस्पताल कलैयामा निशुल्क पाईने औषधिको अभाव भएको छ । अस्पतालमा दक्ष जनशक्ति र उपकरणको व्यवस्था भएपछि सेवा लिन आउने विरामीको संख्या उल्लेख्य रुपमा बढेपनि पछिल्लो समय औषधि नपाउँदा बिरामीहरु समस्यामा परेका छन् ।

दक्ष जनशक्ति र उपकरणको व्यवस्था गरेर विभिन्न किसीमका रोगको निदान प्रादेशिक अस्पताल कलैयाबाट हुन थालेपछि अहिले उपचार गराउन आउने बिरामीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । तर दैनिक सरदर ४ सय भन्दा बढी बिरामीले सेवा लिइरहेको प्रादेशिक अस्पताल कलैयामा भने अहिले सिटामोल र जिवनजल जस्ता अत्यावश्यक औषधिको अभाव भएको छ ।
अस्पतालबाट निःशुल्क वितरण गरिने ९८ किसिमका औषधिहरुको अभाव भएपछि बिरामिहरु बाहिरबाट औषधि खरिद गर्न बाध्य भएको उपचार गराउन आएका बारा कवहीका जंगीलाल प्रसाद सिन्हा बताउनु हुन्छ ।

आर्थिक वर्ष सुरु भएको पाँच महिना बित्दा पनि प्रदेश सरकारबाट आपूर्ती हुने औषधि नपठाउँदा अस्पतालमा औषधिको अभाव भएको अस्पताले जनाएको छ । पटक पटक प्रदेशको मन्त्रालयमा जानकारी गराउँदा पनि कुनै सुनवाई नभएको अस्पतालका प्रमुख डा. सुनिल प्रसाद कुशवाहा बताउनु हुन्छ । अस्पताल प्रमुख कुशवाहाका अनुसार मन्त्रालयको आपूर्ती कक्षमा जानकारी गरेपनि सुनुवाई भएको छैन् ।

अस्पतालमा आउने बिरामीको चाँप बढेसंगै ५० शैयाको प्रादेशिक अस्पताललाई चिकित्सकहरुको सक्रियतामा अहिले ७७ शैयाको बनाइएको छ । चिसो बढेसंगै भाईरल ज्वरो र दमका विरामी बढेकाले औषधि अभावका कारण तिनिहरुलाई उपचार गर्न कठिनाई भएको छ । प्रदेश सरकारले समयमै औषधि नपठाए अझ समस्या हुने देखिएको छ ।

spot_img

लोकप्रिय

Related Articles