Tuesday, May 26, 2026

हत्यामा संलग्न तिनजना पक्राउ

ताजा / भरखरै प्राप्त

बाराको जितपुरसिमरा उपमहानगरपालिका ११ मा भएको राजकुमार रुम्बाको हत्यामा संलग्न तिन जनालाई पक्राउ गरि प्रहरीले आज सार्वजनिक गरेको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका ११ अमाडर नजिक गत साता गोलि हानि हत्या गरिएका रुम्बाको हत्यामा संलग्न तिन जनालाई बारा प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जितपुरसिमरा १९ घर भई सिमरा स्थित संचालन गरेको जय माँ इन्जियरिङ वर्कसपका संचालक पुरुषोत्तम कुमार दास, जतपुरसिमरा १९ कै २० बर्षिय ईन्द्रजित चौहान र महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ३ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय बारामा दरबन्दी भई विमानस्थल कार्यालय सिमरा बारामा कार्यरत राष्ट्रिय अनुसन्धान बिभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारी रहेको प्रहरीले जनाएको छ ।

पुरानो रिस साध्न र चोरी तथा लुटपाट गर्ने मनशायले रुम्बाको हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको बाराका प्रहरी उपरिक्षक महेन्द्र खडकाले बताउनु भएको छ । खडकाको अनुसार पुरुषोत्तम कुमार दासको वर्कसपबाट उनले लगाउने गरेको जिन्स पाईन्टको खल्तीबाट मृतक रुम्बाले घाटीमा लगाएको सुनको सिक्रि तथा कालो रंगको ब्यागबाट रुम्बाको पर्स पनि भेटिएको छ ।

spot_img

लोकप्रिय

Related Articles