नेपाल प्रिमियर लिगको पहिलो सिजनमा विजय प्राप्त गरेका जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आज बारामा भव्य स्वागत गरिएको छ ।

एनपीएल च्याम्पियन भएर ट्रफी सहित प्रदेश भ्रमणमा रहेका जनकपुर बोल्टका खेलाडीहरूलाई बारा क्रिकेट संघले स्वागत गरि गाडीमा राखेर विजय जुलुस गर्दै कलैया नगरपरिक्रमा गराइएको छ । त्यस्तै खेलाडिहरुले गढीमाई मन्दिरको दर्शन पनि गरेका छन । गत शनिबार त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुर बोल्ट्सले एनपीएलको पहिलो सिजन जितेको थियो ।
फोटो फिचर्स…….








