Tuesday, May 26, 2026

करैयामाई गाउँपालिकामा रहेको जनता माध्यमिक बिधालयले बिद्यार्थीसंग अवैध शुल्क उठाउँदै

ताजा / भरखरै प्राप्त

बाराको  करैयामाई  गाउँपालिका ७ स्थित रहेको जनता  माध्यमिक  बिधालयले  बिद्यार्थीहरु संग  अवैध रकम  संकलन  गर्दै आएका  छन ।   करैयामाई  गाउँपालिका अन्तर्गतको  सामुदायिक विद्यालयहरुले परीक्षाको बेला  विभिन्न  शिर्षकमा  अवैध रकम संकलन  गरेपछि स्थानीय   अभिभावकहरुले  बिरोध  जनाएको  छ ।

शुल्कको बिषयमा यहांका  शिक्षाविद, बुद्धिजिवी र अभिभावक तथा  गाउँपालिकाको  शिक्षा समितिसंग शुल्क उठाउन पाउदैन भनेर ठूला ठूला बहस हुने गरेको देखिन्छ।  तर  सामुदायिक  बिधालयको  प्रधानाध्यापकले  बिद्यार्थी  संग  विभिन्न  बहानामा  शुल्क  संकलन  गर्दै आएका  छन् ।

करैया माई  गाउँपालिका अन्तर्गतको  शिक्षा समितीले  बिधालयहरुलाई  कुनैपनि   बहानामा  शुल्क संकलन नगर्नका लागि सम्पूर्ण विद्यालयमा निर्देशन पनि दिईएको  छ  ।

तर  जनता माध्यमिक  बिधालय  उमजनले  एस ई ई परिक्षा  फार्म दस्तुर  ५ सय , आर्थिक  सहयोगको  नाममा  ९ सय  , दुई सय  पचास  टेस्ट परिक्षाको नाममा  हरेक  बिद्यार्थी  संग  संकलन गरेको पाईएको छ । विद्यालयले शुल्क संकलन गरेपछि  स्थानीय  अभिभावकहरु बिरोध  जनाएका   छन ।

spot_img

लोकप्रिय

Related Articles