बाराको करैयामाई गाउँपालिका ७ स्थित रहेको जनता माध्यमिक बिधालयले बिद्यार्थीहरु संग अवैध रकम संकलन गर्दै आएका छन । करैयामाई गाउँपालिका अन्तर्गतको सामुदायिक विद्यालयहरुले परीक्षाको बेला विभिन्न शिर्षकमा अवैध रकम संकलन गरेपछि स्थानीय अभिभावकहरुले बिरोध जनाएको छ ।

शुल्कको बिषयमा यहांका शिक्षाविद, बुद्धिजिवी र अभिभावक तथा गाउँपालिकाको शिक्षा समितिसंग शुल्क उठाउन पाउदैन भनेर ठूला ठूला बहस हुने गरेको देखिन्छ। तर सामुदायिक बिधालयको प्रधानाध्यापकले बिद्यार्थी संग विभिन्न बहानामा शुल्क संकलन गर्दै आएका छन् ।

करैया माई गाउँपालिका अन्तर्गतको शिक्षा समितीले बिधालयहरुलाई कुनैपनि बहानामा शुल्क संकलन नगर्नका लागि सम्पूर्ण विद्यालयमा निर्देशन पनि दिईएको छ ।

तर जनता माध्यमिक बिधालय उमजनले एस ई ई परिक्षा फार्म दस्तुर ५ सय , आर्थिक सहयोगको नाममा ९ सय , दुई सय पचास टेस्ट परिक्षाको नाममा हरेक बिद्यार्थी संग संकलन गरेको पाईएको छ । विद्यालयले शुल्क संकलन गरेपछि स्थानीय अभिभावकहरु बिरोध जनाएका छन ।

