सरस्वती पुजा नजिकीदै जांदा बाराका बजारहरुमा मुर्ति बनाउने व्यवसायीहरु मुर्ति बनाउन व्यस्त देखीएका छन् । विशेष पुजाहरुको क्रममा मुर्तिकारहरुको व्यवसाय बढेपछि आम्दानीको स्रोत पनि बढेको छ । हिंदु परम्परा अनुसार श्रीपञ्चमीको दिन मनाईने सरस्वती पुजा नजिकीदै जांदा पुजाको लागी चाहिने सरस्वतीको प्रतिमा बनाउन मुर्तिकारहरु व्यस्त देखीएका हुन् ।
धार्मीक परम्परा अनुसार माता सरस्वतीको पुजा अर्चनामा मुर्तिको प्रतिमाको आवश्यक्ता पर्ने भएकाले सदरमुकाम कलैया लगायत अरु बिभिन्न ठाउमा सरस्वती माताको मुर्ति बनाउन अहिले मुर्तिकारहरु लागीपरेका हुन् ।

सरस्वती पुजा एउटा धार्मीक परम्परा भएपनि त्यसभित्र ठुलो व्यवसाय लुकेको मुर्तिकारहरु बताउँछन् । आफ्नो प्रतिभाबाट विभिन्न पुजा अर्चनामा चाहिने भगवानको प्रतिमा बनाएर वार्षिक लाखौको आम्दानी गर्ने गरेको मुर्तिकारहरुले जनाएका छन् । ६ सयको हाराहारीमा निजी तथा सामुदायीक विद्यालयहरु रहेका बाराका सबै विद्यालयहरुले सरस्वती पुजाको दिनमा विद्यालयमा मुर्तिको प्रतिमा प्रतिस्थापन गरेर पुजा अर्चना गर्ने गरेका छन् । प्रती मुर्ति २ हजार देखी ५ हजार सम्म पर्दा खेरी झण्डै १८ लाख बराबरको मुर्तिको कारोबार यस्तो बेलामा हरेक वर्ष बारामा हुने गरेको मुर्तिकारहरु बताउँछन् ।

