Tuesday, May 26, 2026

सिमानाकामा सिमा स्तम्भको दयनीय अवस्था

ताजा / भरखरै प्राप्त

धिरेन्द्र ठाकुर
बाराको पचरौता नगरपालिकाको गुलरिया सिमानाकामा रहेको सिमा स्तम्भको अवस्था दयनीय रहेको छ । कतिपय सिमा स्तम्भ हराएको अवस्था छ भने कतिपय सिमा स्तम्भ खुईलिएको अवस्थामा रहेका छन । बाराको गुलरिया सिमानाकामा रहेको मझौला सिमा स्तम्भ बि पि २१ खुईलिएको अवस्थामा भेटिएको छ ।

सिमानाकामा खटिएका सुरक्षाकर्मीको लापरबाहीले सिमा स्तम्भमा गाई बस्तु बांधिएको अवस्था रहेको छ । सिमा स्तम्भलाई रंङरोदन मर्मत गर्नुपर्ने हुन्छ तर गुलेरिया सिमानाकामा रहेको यस्ता सिमा स्तम्भ दिनप्रतिदिन हराउदै आएको भएपनी सिमा सुरक्षा बल बेलदारिको कमान्ड जिम्मेवारी लिइएको सशस्त्र प्रहरी निरीक्षक राजकुमार झा गैरजिम्मेवार बनेका छन् ।

सिमानाकामा भारतीय पक्षले सिमा मिचेर घर बनाएको , दसगंजा भित्र गाईबस्तु ,गोईठा राखिएको अवस्था भएपनि सिमा सुरक्षाको लागि तैनाथ सुरक्षाकर्मीको नियमित निरिक्षण अनुगमन नहुंदा सिमाको अवस्था दयनीय बन्दै गएको स्थानीयहरु बताउछन् भारतको छौडादानो सिमासंग जोडिएको गुलेरिया नाका भएर दैनिक रुपमा करोडौंको अबैध मालसामान सशस्त्र प्रहरी र नेपाल प्रहरी कै संरक्षणमा मोटो नजराना लिइ आईरहेको विभिन्न संचार माध्यममा समाचार प्रकाशन हुँदै आएकोले सम्बन्धित निकाएको सिमानाका तर्फको ध्यानाकर्षण हुनु जरुरी रहेको छ

spot_img

लोकप्रिय

Related Articles