Tuesday, May 26, 2026

श्री ३ चन्द्र माध्यमिक विद्यालय कलैयाको चार तल्ले भवन हस्तान्तरण

ताजा / भरखरै प्राप्त

दाताले बनाएको श्री ३ चन्द्र माध्यमिक विद्यालय कलैयाको चार तल्ले भवन आज एक कार्यक्रमका बिच विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
द अग्रवाल फाउण्डेशन द्वारा १२ करोड रुपैयाको लगानिमा निर्माण गरिएको १२ वटा कक्षाकोठा ३ वटा प्रशासनिक भवन र २ वटा सभाहल सहित १७ वटा सुविधा सम्पन्न कोठा रहेको भवन आज एक कार्यक्रमका बिच विद्यालयलाई हस्तान्तरण गरिएको हो । अमेरिकामा बसोबास गर्दै आएका बाराका बजरंग अग्रवाल संस्थापक रहेको द अग्रवाल फाउण्डेशनले वि.स. १९८४ मा स्थापना भएको यस विद्यालयको जिर्ण भईसकेको भवन भत्काई उक्त नयाँ भवनको निर्माण गरेका हुन् । यसै विद्यालयमा अध्यय्न गरेका अग्रवालले विद्यालयको शैक्षिक गुणस्तर बढाउनका लागि आफुले यस भवनको निर्माण गरेको बताएका छन् । निजि लगानिमा विद्यालयको भवन निर्माण गरेको द अग्रवाल फाउण्डेशनका सम्पूर्ण सदस्यहरुलाई उक्त कार्यक्रममा कलैया उपमहानगरपालिकाको कार्यालयले नागरिक अभिनन्दन गरेको छ ।

spot_img

लोकप्रिय

Related Articles