धिरेन्द्र ठाकुर
बाराको प्रसौनी गाउँपालिकाको १६ औ हिउँदे गाउँ सभा बुधबार सम्पन्न भएको छ । १६ औ हिउँदे गाउँ सभाको उदघाटन गाउँपालिका प्रमुख बिनोद पटेल र उपाध्यक्ष किरण देबि साहले संयुक्तरूपमा गर्नु भएको थियो ।
गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत सुमित सिहले हिंउदे गाउँ सभामा केही योजनाहरु मात्र संशोधन गरिने बताउनु भयो । आ ब ०८१।०८२ मा गाउँ सभा बाट बिनियोजित केही योजनाहरु नचल्ने भएपछि संशोधन गरि कार्यक्रम संचालन गर्ने जानकारी दिनु भयो । प्रसौनी गाउँपालिकामा फोहर ब्यवस्थापनको लागि विशेष कार्यक्रम फोहरमा मोहर आउने योजना पनि ल्याईने वहाँले जानकारी दिनु भयो । प्रसौनी गाउँपालिकाको आन्तरिक श्रोत न्यून रहेको बताउदै स्वास्थ शाखाको करारका कर्मचारीहरुको तलब असहज भएको बताउनु भयो । आयोजित हिउँदे गाउँ सभा गाउँपालिका अध्यक्ष बिनोद पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त अवसरमा वडा अध्यक्ष बृजकिशोर कुशवाहा ,महिला सद्स्य अनिता साह लगायत जनप्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन स्वास्थ शाखा प्रमुख सुरेश साहले गर्नु भएको थियो ।

