Tuesday, May 26, 2026

हत्यारालाई कार्वाहीको माग गर्दै कलैयामा प्रदर्शन

ताजा / भरखरै प्राप्त

सुधार केन्द्रमा कुटपिटबाट हत्या भएको प्रदिप मण्डलको परिवारले हत्यारालाई कार्वाहीको माग गर्दै बाराको कलैयामा आज आईतबार प्रदर्शन गरेका छन् ।

कलैया उपमहानगरपालिका १ मा रहेको नव जन्म पुनस्र्थापना केन्द्रमा बिहिबार राति कुटपिटबाट हत्या गरिएका कलैया उपमहानगरपालिका ९ रामपुरका ३७ वर्षीय धिरेन्द्र भन्ने प्रदिप प्रसाद मण्डलको हत्यामा संलग्न रहेकालाई कार्वाहीको माग राख्दै उनका परिवार तथा आफन्तहरुले प्रदर्शन गरेका हुन् । घट्नामा संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म ७ जनालाई पक्राउ गरेको छ भने २ जना फरार रहेका छन् । पक्राउ परेकाहरु राजनितिक पहुँचको आधारमा उम्किन नपाउन भनेर दबाव स्वरुप प्रदर्शन गरिएको परिवारजनले बताएको छ । प्रदर्शन पछि उनिहरुले कार्वाहीको लागि प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले हत्या गर्ने कसैलाई पनि नछाडिने र कानुनी दायरामा ल्याएर कडा भन्दा कडा सजाय दिलाउने प्रतिबद्धता पीडित परिवारलाई गर्नुभएको छ ।

spot_img

लोकप्रिय

Related Articles