बारामा आइतबार भएको सवारी दुर्घट्नामा परि एकजनाको ज्यान गएको छ ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका २ स्थित शुभलाभ ट्रेडर्सको अगाडी वीरगञ्ज पथलैया सडक खण्डमा पथलैयाबाट वीरगञ्ज तर्फ जादै गरेको ना ६ ख २८९५ नंम्बरको ट्रकले विपरित दिशाबाट आउदै गरेको ना ४० प ४१९५ नंम्बरको मोटरसाइकललाई ठक्कर दिँदा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का ३० वर्षीय उदितनारायण झाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै उक्त दुर्घट्नामा मोटरसाईकल पछाडि सवार अन्य एकजना घाईते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिनुभएको छ । घाईते हुनेमा जितपुर सीमरा उपमहानगरपालिका वडा नम्बर २ का १८ वर्षिया उत्पल आचार्य रहेको प्रहरीले जनाएको छ । आचार्यको दाहिने खुट्टा र टाउकोमा चोट लागेको र उनको अवस्था पनि गम्भीर रहेको प्रहरी प्रवक्ता सापकोटाले बताउनु भएको छ।
प्रहरीले ट्रक चालक र सहचालक दुबैजनालाई नियन्त्रणमा लिएको छ । चालक जिल्ला धादिङ गजुरी गाउँपालिका ६ पोखरी खोला वस्ने ३६ वर्षीय सन्दिप भुजेल र सोही ठाउका सहचालक २१ वर्षीय सुशिल थापालाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

