Tuesday, May 26, 2026

बघवनमा दुर्घट्ना हुँदा एकजनाको मृत्यु

ताजा / भरखरै प्राप्त

बाराको बघवनमा राति बस र मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा एकजना यूवकको मृत्यु भएको छ ।
राति करिब ०२ः३० बजेको समयमा कलैया उपमहानगरपालिका वडा नम्बर १४ बघवनमा बरियारपुरबाट कलैया तर्फ जाँदै गरेको ना ६ ख ५०६७ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना ३९ प ७३६७ नम्बरको मोटरसाईसकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालकको घट्नास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा रौतहटको फतुवाविजयपुर नगरपालिका ५ बैरगनियाका ३५ वर्षिया अनिल प्रसाद यादव रहेको बारा प्रहरीले जनाएको छ । दुर्घट्ना भएपश्चात यादवलाई उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा लग्दा चिकित्सकहरुले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता बिजय राज पंडितले बताउनु भएको छ ।

दुर्घट्ना हुने बितिकै चालक फरार भएको प्रहरीले जनाएको छ । बसलाई प्रहरीले नियन्त्रण लिएर घट्नाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

spot_img

लोकप्रिय

Related Articles