Tuesday, May 26, 2026

गौर राईसमिल बचाउन प्रचण्डलाई ज्ञापन-पत्र

ताजा / भरखरै प्राप्त

गौर राईसमिल बचाउ अभियानले आज शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन-पत्र बुझाएको छ । जनतासंग माओवादी, तराई मधेश जागरण अभियानको क्रममा रौतहटको गौर पुग्नु भएका अध्यक्ष प्रचण्डलाई ज्ञापन-पत्र बुझाईएको हो ।
जागरण अभियानको क्रममा रौतहटको विभिन्न ठाउँ भ्रमणमा रहनु भएको अध्यक्ष प्रचण्डलाई सदरमुकाम गौरमा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज अशोक जयसवालको घरमा भेटेर राईसमिल बचाउ अभियानका अभियन्ताहरुले ज्ञापन-पत्र बुझाएका हुन् । ज्ञापन-पत्रमा लामो समय देखि गौर नगर लगायत रौतहट जिल्ला भरीका आम नागरिकले सार्वजनिक रुपमा प्रयोग गर्दै आएको ऐतीहासिक गौर राईसमिल मैदानलाई गौर नगरपालिकाको कार्यपालिकाले रातारात बन्द कोेठा बाट बिक्रि गर्ने गरेको निर्णय प्रति गम्भिर ध्यानाकर्षण गराईएको छ । गौर नगरपालिकाका नगरप्रमुख लगायत केहि जनप्रतिनिधि र भु-माफियाहरुको मिलोमत्तोमा गरीएको निर्णयको विरोध गर्दै सार्वजनिक रुपमा उपभोगमा रहेको जग्गालाई बेच्नबाट रोक्नका लागि पहल गर्न अनुरोध गरीएको छ ।

spot_img

लोकप्रिय

Related Articles