Tuesday, May 26, 2026

जिल्ला प्रहरी कार्यालय रौतहटको नवनिर्मित भवन प्रहरी महानिरीक्षक कुँवरद्वारा उद्घाटन

ताजा / भरखरै प्राप्त

सञ्जय सहनी
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आज सामेबार जिल्ला प्रहरी कार्यालय रौतहटको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ । सोमबार एक विशेष समारोहका बीच प्रहरी महानिरीक्षक कुवँरले कार्यालयको प्रशासनिक भवन सहित विभिन्न पूर्वाधारहरूको उद्घाटन गर्नुभएको हो ।


समारोहका क्रममा जिल्ला प्रहरी कार्यालयको नयाँ प्रशासनिक भवन, ब्यारेक, हिरासत कक्ष, सैलुन, चमेना गृह तथा स्वागत कक्षको समुद्घाटन गरिएको हो ।  प्रहरी सेवाको प्रभावकारिता बढाउन र प्रहरी कर्मचारीलाई सहज वातावरण प्रदान गर्नका लागि अत्याधुनिक सुविधासहितका यी संरचनाहरू निर्माण गरिएको रौतहट प्रहरीले जनाएको छ ।

उद्घाटन समारोहमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनको सुदृढीकरणमा भौतिक पूर्वाधारको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै नागरिकमैत्री सेवा प्रवाहमा तीव्रता ल्याउन रौतहट प्रहरीलाई निर्देशन दिनुभएको छ । उनले प्रहरी सेवाको आधुनिकीकरणसँगै समुदाय प्रहरी साझेदारीलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भयो ।

यस अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी कार्यालय परिसरमा वृक्षरोपण समेत गर्नभएको छ । हरियाली प्रवद्र्धन तथा वातावरण संरक्षणका लागि वृक्षरोपण कार्यक्रमलाई प्रहरी संगठनले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले प्रहरी कार्यालय परिसरलाई हरित क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको बताए ।

मधेस प्रदेशका प्रहरी प्रमुख डिआईजी लालमणि आचार्यले नयाँ संरचनाहरूको निर्माणले प्रहरी सेवाको प्रभावकारिता वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उद्घाट्न समारोहलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक दिलिप घिमिरेले रौतहट जिल्लामा अपराध न्यूनीकरण भएको दाबि गर्नु भएको छ । आफ्नो कार्यकालमा रौतहट प्रहरीले बिगतको तुलनामा समग्र अपराधको घटनामा ३० प्रतिशतले कमि आएको बताउनुभएको छ । उपरीक्षक घिमिरेले रौतहटमा गरिब पीडितलाई नि:शुल्क निवेदन लेख्ने ब्यबस्था मिलाईएको ,नागरिकका सहयोग हुने हिसाबले नागरिक सहायता टेबुल,भिक्टिम रेस्पोन्स टिम देखि प्रहरी प्रमुख संग सिधा सम्पर्क गरि आफ्नो कुरा राख्न सहज हुने गरि बाताबरण मिलाईएको बताउनु भयो ।

उद्घाटन कार्यक्रममा स्थानीय प्रशासन, जनप्रतिनिधिहरू, सुरक्षाकर्मी तथा विभिन्न क्षेत्रका अगुवा व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

spot_img

लोकप्रिय

Related Articles