धिरेन्द्र ठाकुर
बारामा रहेको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई ब्लु हेभन नेपाल बाराले आज मंगलबार सुधारीएको चुल्हो वितरण गरेको छ ।
खाना पकाउन सहज होस भन्ने उदेश्यका साथ CEPC-NEPAL नामक दातृ संस्थाको सहयोगमा ब्लु हेभन नेपाल बाराले वितरण गरेको हो । ब्लु हेभन नेपाल बाराले जिल्लामा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका २ सय १० जनालाई सुधारीएको चुल्हो वितरण गरेको हो ।
परम्परागत चुलोका कारण स्वाथ्यमा असर पर्ने भएपछि उनीहरुलाइ सुधारिएको चुलो वितरण गरीएको ब्लु हेभन नेपाल बाराका प्रोग्राम कोर्डिनेटर पुर्णिमा श्रेष्ठले बताउनु भएको छ । दाउरा पनि कम लाग्ने र धुवाँ पनि नियन्त्रण हुने भएपछि यो समुदायलाई सुधारिएको चुलो वितरण गरिएको श्रेष्ठले बताउनु भयो ।
सुधारिएको चुलोको प्रयोगले दाउरा प्रयोगमा कमि भई दाउरा जम्मा गर्न लाग्ने समय र श्रम, खर्चमा समेत कमि ल्याउन सकिने बताइएको छ ।

