Tuesday, May 26, 2026

कलैयामा लामखुट्टेको आतंक बढ्यो, उपमहानगर संग तत्काल नियन्त्रणको छैन कुनै कार्ययोजना

ताजा / भरखरै प्राप्त

बाराको कलैया उपमहानगरपालिका लगायत आसपासका क्षेत्रहरुमा अहिले लामखुट्टेको आतंकले स्थानीयहरु आजित भएका छन् । गर्मीको सुरुआतसँगै लामखुट्टेको आतंक बढेपछि स्थानीयहरु समाजिक सञ्जालमा आक्रोश पोख्न थालेका छन् ।

कलैया उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१।०८२ का लागि लामखुट्टे नियन्त्रणका लागि २ वटा शिर्षकमा ६ लाख र १६ लाख गरी २२ लाख रुपैया छुट्याएपनि अहिले सम्म लामखुट्टे नियन्त्रणका लागि कुनै किसीमको तयारी गरेको छैन् । लामखुट्टेको आतंकले घर र बाहिर बस्न मुस्किल भएपछि अहिले स्थानीयहरु खुलेरै उपमहानगरपालिकाको बिरोध गर्न थालेका छन् । ग्रामिण क्षेत्रभन्दा शहरीक्षेत्रमा लामखुट्टेको आतंक बढी देखिएको छ । अव्यवस्थित नाला र उचित सरसफाईको कमिका कारण अहिले लामखुट्टेको आतंक बढेको स्वास्थकर्मिहरु बताउँछन् ।
लामखुट्टे नियन्त्रणका लागि सम्पूर्ण जिम्मेवारी पाएको कलैया उपमहानगरपालिकाको वातावरण महाशाखाका प्रमुख अनिल पाण्डेयले भने औषधी खरिद नभएका कारण लामखुट्टेको औषधी छिडकाउ गर्न नसकिएको बताएका छन् । उनले भने “हाम्रो शाखाको काम औषधि छिडकाउ गर्ने हो अब जिन्सी फाँटले हामिलाई औषधि खरिद गरेर दिएका खण्डमा मात्र हामि आफ्नो काम अगाडी बढाउन् सक्छौं ।”

यता कलैया उपमहानगरपालिकाका जिन्सी फाँटका प्रमुख नवरोत्तम अधिकारीले भने अहिले सम्म वातावरण महाशाखाले कुनै किसीमको औषधिको माग नगरेका कारण औषधि खरिद नगरीएको बताएका छन् । फाँट प्रमुख अधिकारीले महाशाखाले माग गरेको खण्डमा मात्र जिन्सी फाँटले खरिदको लागि प्रकृया अगाडी बढाउने बताए । तर पनि यस विषयमा थप बुझ्न कार्यालय प्रमुखसंग सम्पर्क गर्न सुझाव दिएका छन् ।

बजेट हुँदाहुँदै पनि किन लामखुट्टेको नियन्त्रणमा तपाईहरुको ध्यान गएको छैन् ? भन्ने प्रश्नमा कार्यालय प्रमुख नाथु साहले अहिले नालाहरुको निर्माणको काम भईरहेकोले सबै अस्तव्यस्त भएको समयमा औषधि छिडकाउ गर्दा प्रभावकारी नहुने भएकाले औषधी खरिद प्रकृया रोकिएको बताउनुभएको छ ।

नाला निर्माणको काम कलैयाको शहरी क्षेत्रमा मात्र भईरहेको भएपनि यसरी त्यसलाई समस्या देखाएर उपमहानगरपालिका उम्किन खोजेको ग्रामिण भेगका स्थानीयहरुले आरोप लगाएका छन् ।

spot_img

लोकप्रिय

Related Articles