Tuesday, May 26, 2026

परीक्षामा मोबाईल प्रयोग गरेको पाईएमा जफत हुने : प्रजिअ अधिकारी

ताजा / भरखरै प्राप्त

चैत ७ गतेबाट सुरु हुने एसईई परिक्षामा विद्यार्थीले मोबाईल प्रयोग गरेको पाईएमा मोबाइल जफत हुने बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनु भएको छ ।
आज आईतबार जिल्ला प्रशासन कार्यालय बारामा परिक्षा केन्द्रका केन्द्राध्यक्षहरुको अभिमुखिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले यस्तो बताउनु भएको हो । प्रजिअ अधिकारीले यसपालिको परिक्षालाई मर्यादित बनाउन मोबाइल प्रयोगलाई निषेध गरिएको बताउनु भएको हो । केन्द्राध्यक्षहरुको अभिमुखिकरणको क्रममा प्रजिअ अधिकारीले ४२ वटै परिक्षा केन्द्रका केन्द्राध्यक्षलाई परिक्षा मर्यादित बनाउन कडा निर्देशन दिनु भएको हो ।
त्यस्तै उक्त अभिमुखिकरण कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई बाराका प्रमुख हेमराज खतिवडाले परिक्षालाई मर्यादित बनाउन जारी भएको निती र निर्देशनको बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । बारामा यो वर्ष १ सय ५२ विद्यालयका ९ हजार ६ सय ८६ जना विद्यार्थी परिक्षामा सहभागी भईरहेको शिक्षा समन्वय इकाई बाराका प्रमुख खतिवडाले बताउनु भएको हो ।

spot_img

लोकप्रिय

Related Articles