सरकार भ्रष्टाचारमा लिप्त भएकोले खबरदारी गर्न आवश्यक रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ ।
जनतासंग माओवादी तराई मधेश जागरण अभियान अन्तर्गत आज बारा आउनुभएका अध्यक्ष प्रचण्डले कलैयामा आयोजना गरीएको जागरण सभामा बोल्दै वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएकै कारणले देशमा अराजक गतिविधि बढेको बताउनुभएको छ । अध्यक्ष प्रचण्डले राजा तर्फ ईगिंत गर्दै अहिलेको सरकार भ्रष्टाचार ढाकछोपमा लागेकै कारण प्रतिगमनकारी शक्तिहरु टाउको उठाउन थालेको आरोप लगाउनु भएको छ ।
जागरण अभियानको क्रममा अध्यक्ष प्रचण्ड बाराको सिम्रौनगढ लगायत विभिन्न ठाउँहरुको भ्रमण गरी शहिद परिवारहरुलाई सम्मान गर्नुभएको थियो ।

