बारामा एसईई परीक्षामा चिट चोराउन सहयोग गर्ने दुई निरीक्षक पक्राउ परेका छन् ।
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको पन्ना देवी कन्या उच्च माध्यमिक विद्यालयमा मोबाइलबाट परीक्षार्थीलाई चिट चोराउन सहयोग गर्ने दुईजना निरीक्षकलाई अनुगमन टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा निरीक्षक सन्जु यादव र सौरब यादव रहेको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनु भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईको नेतृत्वमा खटिएको टोलिले पन्ना देवी कन्या उच्च माध्यमिक विद्यालयमा केन्द्र रहेको दुर्गा नमुना माध्यमिक बिधालयका बिद्यार्थी करिश्मा कुमारी र निरीक्षक सौरब यादवको दुईवटा मोबाइल परिक्षा केन्द्रबाट बरामद गरेको छ ।
पन्ना देवी स्कुलको कोठा नम्बर ७ मा रहेको दुर्गा नमूना माध्यमिक बिधालयका करिश्मा कुमारीको मोबाइलबाट प्रश्न पत्र आउट गरि सबै प्रश्नको उत्तर पठाउने गरेको पाईएको सहायक प्रजिअ भट्टराईले बताउनु भएको छ ।
पक्राउ परेका दुबै निरीक्षकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भैईरहेको सहायक प्रजिअ भट्टराईले बताउनु भएको छ ।

