Tuesday, May 26, 2026

पत्रकार हत्या र मिडियामाथि आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ बाराको प्रदर्शन

ताजा / भरखरै प्राप्त

नेपाल पत्रकार महासंघ बारा शाखाले पत्रकार हत्या तथा सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा विरोध प्रदर्शन गरेको छ।

आन्दोलनको क्रममा पत्रकारहरूमाथि भएका हत्या, दमन, सञ्चार माध्यममाथि गरिएका आगजनी तथा हिंसात्मक घटनाहरूको विरोधस्वरूप प्रदर्शन गरिएको हो। स्वतन्त्र प्रेसको रक्षा र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि नेपाल पत्रकार महासंघले विरोध जनाएको हो ।

प्रदर्शनमा महासंघका प्रतिनिधिहरू, सञ्चारकर्मी, प्रेस स्वतन्त्रताको पक्षधर विभिन्न व्यक्ति उपस्थित थिए। पत्रकारिता लोकतन्त्रको आधारभूत खम्बा भएको भन्दै महासंघले पत्रकारहरूमाथि कुनै पनि हिंसात्मक गतिविधि सह्य नहुने स्पष्ट पारेको छ।

 

spot_img

लोकप्रिय

Related Articles