मधेश प्रदेश सरकारको मन्त्रालयमा सिमित बजेटका कारण आफूले चाहेर पनि मधेश प्रदेशका संचार गृह तथा संचारकर्मीहरुको हकमा काम गर्न नसकिएको गृह , संचार तथा कानुन मन्त्री राजकुमार लेखीले बताउनु भएको छ ।
मिडिया काउन्सिल मधेश प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ बारा शाखाको समन्वयमा भएको पत्रकार आचार संहिता पालना सम्बन्धी एकदिने गोष्ठीमा प्रमुख अतिथि रहनुभएका मन्त्री लेखीले यस्तो बताउनु भएको हो ।
मन्त्री लेखीले आफूले नेतृत्व गरीरहेको मन्त्रालयमा गाउँपालिकाको बजेट भन्दापनि कम बजेट रहेको जानकारी दिदै सिमित बजेटका कारण आफूले चाहेर पनि पत्रकारहरुको हकमा कुनै योजनाहरु बनाएर अगाडी बढाउन नसकेको गुनासो गर्नुभएको छ ।
बजेटको अभाव भएपनि प्रदेशमा एक समिति बनाएर मधेस प्रदेशको सँचारक्षेत्रको लागि राय सहितको सुझाव सँकलन गरी आउँदो बजेटमा बजेट बिनियोजन गरी सँचारक्षेत्रको बिकासका लागि आफु लागिपरेको उनले बताए । साथै पत्रकारहरुका लागि पत्रकारीतामा उच्च शिक्षा अध्ययनका लागि छात्रवृति , पत्रकारका लागि जिवन बिमा , पत्रकारीता सम्बन्धी तालिम लगायतका विभिन्न योजनाहरु बनाएर अगाडी बढेको जानकारी दिनु भएको छ ।
उक्त कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवानले काठमाडौंको तिनकुनेमा चैत्र १५ गते राजावादीको आन्दोलनको ज्यान गुमाएका पत्रकार सुरेश रजक माथि हार्दिक सम्वेदना प्रकट गर्दै पत्रकारको हकहितमा मधेश प्रदेशले काम गर्नु पर्ने धारणा राखेका थिए । त्यस्तै पत्रकार महासंघ मधेश प्रदेशको अध्यक्ष श्याम प्रसाद बन्जाराले नेपालको सँचारक्षेत्रको पिडाको बारेमा र पत्रकारहरु चुनौतीको सामाना गर्दै पेशा गरीरहेको बिषयमा आफ्नो धारणा ब्यक्त गरेका थिए ।
कार्यक्रममा बारा निर्वाचन क्षेत्र नम्बर ४ क का प्रदेश सभा सदस्य देवनारायण चौधरी , नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष कमल कुमार उपाध्याय , गुरु प्रसाद गौतम , लक्ष्मी साह , उपाध्यक्ष पन्नालाल दास , नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिजका प्रदेश अध्यक्ष दुष्यन्त चौधरी , प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्य प्रसाद श्रेष्ठ लगायत विभिन्न संगठनका अध्यक्ष तथा प्रतिनिधी सहित सँचारकर्मिहरुकि सहभागिता रहेको थियो ।
मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष कैलाश दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ मधेश प्रदेशका कोषाध्यक्ष अनिल गौरवले गरेका थिए भने नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राजेश कर्णले कार्यक्रममा प्रशिक्षण गरेका थिए ।

