Tuesday, May 26, 2026

प्रादेशिक अस्पताल कलैयाका आकस्मिक बाहेक सबै सेवा बन्द

ताजा / भरखरै प्राप्त

तलबको माग राख्दै आन्दोलीत प्रादेशिक अस्पताल कलैयाका छात्रवृति करारका चिकित्सकहरुले आज देखि आकस्मिक बाहेक सबै सेवा बन्द गरेका छन् ।
प्रादेशिक अस्पताल कलैयामा छात्रवृति करारमा कार्यरत १३ जना चिकित्सकहरु चार महिना देखि तलब नपाएको भन्दै आन्दोलनमा उत्रेका चिकित्सकहरुले आजदेखि अस्पतालको आकस्मिक बाहेक सम्पूर्ण सेवाहरु बन्द गरेका हुन् । तलबको लागि पटक पटक ताकेता गर्दा पनि संघ र प्रदेश सरकारले तलब उपलब्ध नगराएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको चिकित्सकहरुको भनाई रहेको छ ।
चिकित्सकहरुको आन्दोलनका कारण अस्पतालका आकस्मिक बाहेकका सबै सेवाहरु ठप्प भएको छ । सबै सेवा बन्द गरेर चिकित्सकहरु आन्दोलित भएपछि उपचारको लागि अस्पताल आउने बिरामीहरु समस्यामा परेका छन् ।
नेपाल सरकारको छात्रवृति करार अन्तर्गत प्रादेशिक अस्पताल कलैयामा विशेषज्ञ चिकित्सक २ जना, मेडिकल अधिकृत ५ जना, नर्सिङ्ग अधिकृत ४ जना, डेन्टल अधिकृत १ जना र फार्मेसी अधिकृत १ जना गरी १३ जना कार्यरत रहेका छन् ।

spot_img

लोकप्रिय

Related Articles