Tuesday, May 26, 2026

हुण्डी कारोबारी दिलिप समूहमाथि भारतिय पक्षको अनुसन्धान सुरु

ताजा / भरखरै प्राप्त

आइतवार बिहारको सितामढीमा बसेको भारत र नेपालको सुरक्षा निकायहरुको संयुक्त बैठकमा दिलिप जैसवाल समूहले गरेको अर्बौंको हुन्डी कारोबारले चर्चा पाएको छ । बैठकको क्रममा विभिन्न मिडियामा जैसवाल समुहले अवैध ढंगबाट गरेको अर्बौंको मुद्रा कारोबार बाट अकुत सम्पत्ति आर्जन गरेको समाचार माथि चर्चा भएको सहभागिहरुले बताएका छन् ।

विभिन्न मिडियामा हुण्डीको समाचारहरु सम्प्रेशण भएपछि भारतको संबन्धित निकायले अनुसंधान सुरु गरेको सितामढी जिल्लाका जिल्ला अधिकारी रिची पाण्डेले समाचार श्रोतलाई बताएका छन् । बैठकमा रौतहट र सितामढी जिल्लाका सम्पुर्ण सुरक्षा निकायका प्रमुखहरुको उपस्थित रहेको थियो ।

यता समाचार प्रकासन भएपछि गौर नाकाबाट हुने हुन्डी कारोबार माथी निगरानी बढाउन बैठकमा भएको छलफल पश्चात् सिमामा कडाइ गरिएको छ । अवैध हुन्डी कारोबार लाई नियन्त्रण गर्न भारतीय पक्षले मेटल डिटेक्टर सहितको सुरक्षाकर्मी सिमामा तैनाथ गरेको छ ।

पिएसआर मिडियामा समाचार बाहिरिए संगै अहिले गौर नाकाबाट हुण्डी कारोबार गर्ने दिलिपको समुहमा हलचल मच्चिनुका साथै हुण्डी कारोबारमा असर परेको छ ।

हुण्डी कारोबारका कारोबारीहरु बिच भागमभाग मच्चिदा गौरमा भारतिय नोट सटहीको भाउ समेत आकासिएको छ । पिएसआर मिडियामा समाचार आउनु र सटहीको भाउ अकासिनुले पनि दिलिप समुहले ठुलै परिमाणमा हुन्डी कारोबार गर्ने गरेको पुष्टि भएको छ ।
पछिलो साता २ रुपैयामा हुने सटही कारोबार अहिले ४ देखि ५ रुपैयामा पुगेको स्थानीयहरु बताउँछन ।

spot_img

लोकप्रिय

Related Articles