रौतहटको चन्द्रनिगाहपुरमा रहेको गौतम होटेलले ग्राहकसंग ठगी गरीरहेको पाईएको छ ।
होटेलले आफ्ना ग्राहकहरुसंग कोकाकोला भन्दा पानीको मूल्य बढी लिएर ठगी गरीरहेको फेला परेको हो ।
बैशाख ६ गते शनिबारका दिन उक्त होटेलमा खाना खान पुगेका बारा कलैयाका रोशन दासले समाजिक संजालमा होटेलको बिल सार्वजनिक गर्दै गौतम होटेलको लुटतन्त्र बारे लेखेका छन् ।
उनले लेखे अनुसार साधारणतया बजारमा ३० रुपैया पर्ने किनले ब्राण्डको पानीको मूल्य गौतम होटेलले मूल्य अभिवृद्धि कर सहित ८० रुपैया भन्दा बढीमा बिक्रि गरीरहेको पाईएको छ ।
बिलको रकमलाई हेर्ने हो भने कोकाकोलाको मूल्य भ्याट सहित ७५ रुपैया लेखिएको छ भने पानीको मूल्य भ्याट सहित ८० रुपैया लेखिएको छ ।

