बाराको पचरौता नगरपालिका वडा नम्बर ५ मा एक पुरुषको रहस्यमय मृत्यु भएपछि आफन्तले जबरजस्ती शवलाई अन्तिम संस्कार गरेको रहस्य बाहिर आएको छ ।
पचरौता नगरपालिका ५ निवासी ५० वर्षिय प्रभु राय यादवको मृत्यु रहस्यमय भएपनी आफन्तले करेन्ट लागेर मृत्यु भएको दाबी गरेको छ ।
रहस्यमय मृत्यु भएको यादवको शव नियन्त्रणमा लिन गएको प्रहरी चौकी पिपरपाती र ईलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलि लाई मृतकको परिवारले शव दिन मानेका थिएनन् ।
मृतक यादवको शव आफन्तले पोष्टमार्टम गर्न नदिएर दाहसंस्कारको लागि लगेको पचरौता नगरपालिकाको प्रवक्ता लक्ष्मी यादवले जानकारी दिनु भएको छ ।
रहस्यमय मृत्यु प्रकरणमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहरी निरीक्षक पवन पछाईले घटनाको बिषयमा थप अनुसन्धान जारी रहेको बताउनु भयो ।
बिना पोष्टमार्टम शवको दाहसंस्कार गर्ने सम्बन्धमा अनुसन्धान भइरहेको बारा प्रहरी प्रमुख संतोष तामाङले जानकारी दिनु भयो ।
साभार : मिलन राष्ट्रिय दैनिक

