रौतहटको दुर्गाभगवती गाउँपलिका वडा नम्बर १ गंगा पिपरामा रहेको खानेपानी संस्थामा चरम भ्रष्टाचार भएको स्थानीय छोटन सिंहले आरोप लगाउनु भएको छ ।
स्थानिय समाजसेवी छोटन सिंहका अनुसार खानेपानी कार्यालयमा काम नगरीकन विभिन्न बिलहरुको भुक्तानि लिएको पाईएको छ । त्यस्तै गोप्य रुपमा चुनिएको खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफु खुशी नयाँ कर्मचारिहरू भर्ना गरेको तथा समितिका केहि व्यक्तिहरु मिलेर बिगतमा बाकि बक्यौता रहेको उपभोक्ताहरुको नाम डाटा रजिष्टर बाट नै गाएब गरेको समाजसेवी सिंहले आरोप लगाउनु भएको छ ।
साथै पिपरा बजार भन्दा पूर्व दिशामा बिगत १ महीना देखी खानेपानी अवरुद्ध रहेपनि कुनै किसीमको सुनवाई हुन सकेको छैन् । स्थानीयहरुले पटक पटक जानकारी गराउँदा पनि समस्याको समाधान हुन नसकेको समाजसेवी छोटन सिंहले बताउनु भएको छ ।

