Tuesday, May 26, 2026

नेपाल भरी दिलिप जयसवालको हुन्डी नेटवर्क, ४३ लाख सहित १ जना पक्राउ

ताजा / भरखरै प्राप्त

कपिलवस्तु प्रहरीले हुण्डीको करिब ४३ लाख रुपैयाँ सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले भारतको बलरामपुर जिल्ला तुलसीपुर थाना सोनपुरका ४२ वर्षीय शिवा पटवा भन्ने आशीष कुमारलाई चन्द्रौटा स्थित ग्यालेक्सी टोलको एक भाडावाला कोठाबाट पक्राउ गरेको हो ।

पक्राउ परेका आशीष कुमारको साथबाट ४२ लाख ६३ हजार ९ सय नेपाली रुपैयाँ र २६ हजार ५ सय ४४ भारतीय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माले बताउनु भएको छ ।

पक्राउ गरिएका आशीष कुमारको साथबाट नोट गन्ने मेसिन पनि बरामद गरिएको छ। उनी गैरकानुनी हुण्डी कारोबारी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

पक्राउ गरेका आशीष कुमारलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएर प्रक्रिया अघि बढाएको निमित्त प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माले बताउनु भएको छ ।

पक्राउ परेका नागरिक भारतीय भएका कारण उनको संलग्नता हुण्डी कारोबारी दिलिप जयसवालको समुह संग पनि हुन सक्ने आकलन गरिएकोले प्रहरीको अनुसन्धान यतातीर पनि हुन जरुरी देखिन्छ ।

spot_img

लोकप्रिय

Related Articles