Tuesday, May 26, 2026

मेयर साहको स्टण्टबाजीले मुख्यमन्त्रीले पठाए कार्वाही पत्र, प्रमुख जिल्ला अधिकारीले गराए समन्वय बैठक

ताजा / भरखरै प्राप्त

मधेश प्रदेशको मुख्यमन्त्री सतिश कुमार सिँहले गत शनिबार अनुगमनका क्रममा बन्द गर्न निर्देशन दिएको कलैयाका निजी अस्पताललाई नगर प्रमुखले संचालनको अनुमती दिएपछि मुख्यमन्त्री कार्यालयले जिल्ला प्रशासन कार्यालय बारालाई कारवाहीका लागि पत्र पठाएको छ ।

नगरप्रमुख साहले स्थानिय सरकार सँचालन ऐन अनुसार नगरपालिकाले १५ शैयाको अस्पताल सँचालन गर्न दिएको अनुमतिलाई मदेश प्रदेश सरकारले बन्द गर्नसक्ने कानुनी प्रावधान नभएको भन्दै आईतबार संचालन गर्न अनुमती दिएपछि मुख्यमन्त्री कार्यालयले जिल्ला प्रशासन कार्यालय बारालाई कार्वाहीका लागि पत्र पठाएको हो ।

कार्वाहीको पत्र जिल्ला प्रशासन कार्यालय बारामा आएपछि प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी आज बुधबार सरोकारवालाहरुको उपस्थितीमा समन्वय र सहकार्य बैठक गर्नु भएको छ ।

उक्त बैठकमा प्रजिअ अधिकारीले निजि अस्पातालहरु सुधारको आवश्यकता रहेको बताउदै मुख्यमन्त्रीले गरेको अनुगमन सराहनीय रहेको बताउँदै अस्पातालहरुमा जनताले सेवा सहज पाउने गरि बाताबरण बनाउने कार्यमा लाग्न सबैमा आग्रह गर्नुभएको छ । स्थानीय तहले तत्काल खोल्न लगाए पनि मापदण्ड भित्र बस्नै पर्नेमा प्रजिअ अधिकारीले जोड दिए ।

उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई , कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नाथु साह , जिल्ला स्वास्थ्य कार्यालय बाराको निमित्त प्रमुख रामनरेश यादव ,कलैया उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख अजय गुप्ता सहित सम्पुर्ण निजि अस्पताल सन्चालक एवम् डाक्टरहरु सहित सँचारकर्मिहरुको उपस्थिति रहेको थियो ।

spot_img

लोकप्रिय

Related Articles