बाराको फेटा गाउँपालिकाको जोतपुर चोकमा पिकअप गाडिले अटोलाई ठक्कर दिदा एकजनाको मृत्यु भएको छ ।
बाराको फेटा गाउँपालिका वडा नम्बर ७ नहर सडकखण्ड अन्तर्गत जोतपुर चोकमा मटिअर्वा तर्फ जाँदै गरेको बा ०१–०३० च १४२१ नम्बरको पिकअपले बिपरित दिशाबाट आउँदै गरेको ना २ ह ४८८९ नम्बरको अटोलाई ठक्कर दिंदा अटोमा सवार एकजनाको उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा बिश्रामपुर गाउँपालिका ५ ईटियाहि टोलका सुनिल पण्डितको छोरा १३ वर्षिया समर पण्डित रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पिकअपले अटोलाई ठक्कर दिएपछि गम्भिर घाईते भएका पण्डितको उपचारको क्रममा नेशनल मेडिकल कलेज वीरगंजमा मृत्यु भएको बारा प्रहरीका प्रवक्ता विजयराज पण्डितले बताउनु भएको छ ।
दुर्घट्ना पछि पिकअप चालक फरार रहेकोले खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।

