असार ०६, बारा । बाराको फेटा गाउँपालिकाको १६ औं गाउँसभा आज शुक्रबार सम्पन्न भएको छ । शिक्षा,कृषि,स्वास्थ्य,पूर्वाधार क्षेत्रलाई विषेश प्राथमिकतामा जोड दिदै गाउँपालिकाले आर्थिक वर्ष २०८२।०८३ का लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीले गाउँपालिकाको १६ औं गाउँ सभाबाट आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि ४० करोड ९ लाख २२ हजार ३ सय ४४ रुपैयाँको निति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् ।
संघीय सरकारबाट वित्तीय समानिकरण अनुदान ९ करोड ७१ लाख, सशर्त अनुदान १४ करोड ४५ लाख, समपुरक अनुदान ८४ लाख, राजस्व बाडफाड ८ करोड ३८ लाख ३९ हजार ८ सय ६४ र विशेष अनुदान चालु ७२ लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख गरिएको छ ।
प्रदेश सरकारबाट समानिकरण अनुदान ६७ लाख ५८ हजार,सशर्त अनुदान ८० लाख,विषेश अनुदान ३० लाख, समपुरक अनुदान २० लाख र सवारी साधन राजस्व बाँडफाड ५१ लाख २४ हजार ४ सय ८० रुपैयाँ बराबरको अनुदान प्राप्त हुने छ । त्यस्तै गाउँपालिकाको आन्तरिक श्रोतहरुबाट १ करोड रुपैयाँ प्राप्त गर्ने गाउँपालिका अध्यक्ष अंसारीले बताएका छन् ।
गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष निलम साह,वडा अध्यक्ष, गाउँ कार्यपालिका सदस्य,कर्मचारी,सञ्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो ।

