Tuesday, May 26, 2026

लागुऔषध दुरुपयोग विरुद्ध अन्तर्राष्ट्रिय दिवस बारा जिल्लामा सम्पन्न

ताजा / भरखरै प्राप्त

असार १२, बारा । स्वास्थ्य, सत्य र सुरक्षित समाजको प्रतिबद्धता , लागुऔषध दुरुपयोग विरुद्ध ऐक्यबद्धता भन्ने मूल नाराका साथ बाराको कलैयामा बिहिबार लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइएको छ।

जिल्ला प्रशासन कार्यालय बाराको आयोजना र जिल्ला प्रहरी कार्यालय तथा बारा उद्योग वाणिज्य संघको सहकार्यमा श्री ३ चन्द्र माध्यमिक विद्यालय कलैयामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यार्थी, शिक्षक, प्रहरी, व्यापारी, नागरिक समाज, विभिन्न कार्यालयका प्रमुख तथा स्थानीय नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा अतिथिहरूले लागुऔषधले युवापुस्ताको भविष्य अन्धकारतर्फ धकेल्ने खतरा रहेको भन्दै सचेतना र सामाजिक ऐक्यबद्धताको आवश्यकतामा जोड दिएका छन् । कार्यक्रममा बिभिन्न वक्ताहरूले विद्यालय स्तर बाटै नशा विरोधी शिक्षा सुरु गर्नुपर्ने धारणा राखेका थिए।

कार्यक्रमले जिल्लामा लागुऔषधविरुद्धको अभियानलाई अझ सशक्त बनाउन स्थानीय निकाय, शिक्षा संस्था र सुरक्षाकर्मीबीच सहकार्यको खाँचो रहेको सन्देश दिएको छ।

spot_img

लोकप्रिय

Related Articles