Tuesday, May 26, 2026

मेनपावर सञ्चालकको नाममा ठगी गर्ने मुखिया पक्राउ

ताजा / भरखरै प्राप्त

साउन २३, रौतहट । मेनपावर कम्पनीको सञ्चालकको नाममा ठगी गर्दै आएका एक व्यक्ति रौतहटमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका २, शितलपुरका बैजुनाथ मुखिया बिन रहेका छन् ।

ईलाका प्रहरी कार्यालय मौलापुरको टोलीले उनलाई मौलापुर बजारबाट पक्राउ गरेको हो । प्रहरीले जनाए अनुसार मुखिया बिनले आफू मेनपावर सञ्चालक पृथ्वी यादव भएको भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्दै आएका थिए ।

उनी मौलापुर नगरपालिका ६ का पृथ्वी यादवको नागरिकता प्रमाणपत्रमा आफ्नो फोटो राखी नक्कली नागरिक्ता बनाएर पीडितहरूलाई विदेश पठाउने बहानामा रकम असुल्दै आएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले थप अनुसन्धानका लागि उनलाई हिरासतमा राखेको छ।

spot_img

लोकप्रिय

Related Articles