Tuesday, May 26, 2026

रसुवामा बाढीले बगाएका प्रहरी जवानको कुशको शव बनाएर दाह संस्कार

ताजा / भरखरै प्राप्त

साउन २३, बारा । असार २४ गते मंगलबार नेपाल–चीन सीमा क्षेत्र अन्तर्गत रसुवामा आएको भीषण बाढीमा बेपत्ता भएका प्रहरी जवान मुन्ना ठाकुरको शुक्रबार कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।

रसुवास्थित ल्हेन्दे खोला र भोटेकोशी खोलामा उक्त दिन बिहान आएको आकस्मिक बाढीले बाराको फेटा गाउँपालिका १ भलुही टोलका २४ वर्षीय ठाकुरलाई ड्युटीका क्रममा बगाएको थियो ।

बेपत्ता भएका प्रहरी जवान मुन्ना ठाकुरको एक महिनासम्म खोजी गर्दा पनि फेला पार्न नसकेपछि आज कुशको शव बनाएर दाहसंस्कार गरिएको हो । बाराको फेटा गाउँपालिका वडा नम्बर १ भलुहीका २४ वर्षीय ठाकुर सीमा सुरक्षा फाँटमा कार्यरत थिए । असार २४ गते बिहान ड्युटीका क्रममा आकस्मिक बाढीले बगाउँदा उनी बेपत्ता भएका थिए । घटना पश्चात स्थानीय प्रशासनको सक्रियतामा निरन्तर खोजी कार्य भए पनि उनको शव भेटेको छैन् ।

लामो समयसम्म शव फेला नपरेका अवस्थामा परिवारजनले शुक्रबार गाउँमै धार्मिक विधिपूर्वक कुशको प्रतिकात्मक शव तयार गरी अन्त्येष्टि गरेका छन् ।

spot_img

लोकप्रिय

Related Articles