Tuesday, May 26, 2026

कलैया उपमहानगरपालिकाको कुल बेरुजु ७३ करोड ५८ लाख

ताजा / भरखरै प्राप्त

साउन ३०, बारा । महालेखा परीक्षकको प्रतिवेदनले कलैया उपमहानगरपालिकामा आर्थिक वर्ष ०८०।०८१ सम्ममा बेरुजु रकम ७३ करोड ५८ लाख ४० हजार २ सय ८ रुपैया पुगेको देखाएको छ । महालेखा प्रतिवेदन अनुसार आर्थिक वर्ष ०८०।०८१ मा मात्रै १३ करोड भन्दा बढी रकम बेरुजु देखिएको छ ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष ०८०।०८१ मात्र उपमहानगरपालिकाले ७ करोड ६९ लाख ३९ हजार ८१ रुपैया अनियमितता गरेको भेटिएको छ । त्यस्तै आर्थिक वर्ष ०८०।०८१ मा १ करोड ३६ लाख १३ हजार ६ सय ४० रुपैया असुल उपर गर्न उपमहानगरपालिकालाई महालेखाले औल्याएको छ ।

आर्थिक वर्ष ०७९।८० सम्म ६० करोड ५८ लाख ३९ हजार रुपैयाँ बेरुजु रहेको उपमहानगरपालिकाको आर्थिक वर्ष ०८०।०८१ को नयाँ बेरुजु थपिँदा रकम ७३ करोड भन्दा बढी बेरुजु देखिएको हो ।

प्रतिवेदनले मुख्य रूपमा योजनाको कार्य सम्पन्न भए पनि आवश्यक भुक्तानी प्रमाणपत्र र सहायक कागजातको अभाव, अग्रिम भुक्तानी , असुल–उपरमा ढिलाइ, योजनासँग सम्बन्धित प्राविधिक तथा आर्थिक प्रतिवेदन समयमै प्राप्त नहुनु, ठेक्का तथा खरीद प्रक्रियामा देखिएका कमजोरीका कारण बेरुजु बढेको देखाएको छ ।

महालेखा प्रतिवेदनमा उपमहानगरपालिकालाई तत्काल असुल–उपर तथा समायोजन प्रक्रिया अगाडि बढाउन र पुनरावृत्ति रोक्न वित्तीय अनुशासन कडाइका साथ लागू गर्न सुझाव दिइएको छ । साथै, खर्च व्यवस्थापन, अभिलेख संकलन, र आन्तरिक लेखापरीक्षण प्रणाली मजबुत पार्न निर्देशन दिइएको छ ।

spot_img

लोकप्रिय

Related Articles