Tuesday, May 26, 2026

गौर नाकाबाट ५ लाखसहित भारतीय नागरिक पक्राउ, पैसा हुण्डी कारोबारी जैसवालको रहेको खुलासा

ताजा / भरखरै प्राप्त

भदौ ०४, रौतहट । रौतहटको गौर–बैरगनिया नाकाबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको ५ लाख रुपैयाँ सहित एक भारतीय नागरिक बुधबार पक्राउ परेका छन् ।

भारतीय सीमा सुरक्षा बल एसएसबी ले बिहारको बैरगनिया निवासी कुनाल पटेललाई नियन्त्रणमा लिएको हो । उनीसँग बरामद भएको रकम सम्बन्धी अनुसन्धानका क्रममा उक्त पैसा बैरगनियाकै हुण्डी कारोबारी रबि जैसवालको रहेको खुल्न आएको भारतीय प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार कुनै समय सहारा बैंकको एजेण्टको रुपमा काम गरेका जैसवाल हाल पूर्ण रुपमा हुण्डी कारोबारमा सक्रिय छन् । उनी दिनहुँ गौर आसपासका विभिन्न नाकाहरु प्रयोग गरी भारत–नेपालबीच अवैध रकम ओसारपसार गर्ने गरेको खुलासा भएको छ ।

प्रहरीले पक्राउ परेका पटेलमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।

spot_img

लोकप्रिय

Related Articles