Tuesday, May 26, 2026

बारामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

ताजा / भरखरै प्राप्त

भदौ १५, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका २ पानि ट्याङकी नजिक आइतबार दिउँसो २ वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

दिउँसो करिब १ः१० बजे सिमरा–पथलैया सडक खण्डमा सिमराबाट पथलैया तर्फ जाँदै गरेको बा ९० प ६७९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०६–००३ प १७५३ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका रौतहट गुजरा नगरपालिका ७ परसवाका २५ वर्षीय रोशन चौधरी र सप्तरी बसवलपुर नगरपालिका ७ का २८ वर्षीय महेश पण्डितको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरीको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा दिउँसो ३ः२० बजे र पण्डितको परवानिपुरस्थित एल.एस. न्युरो अस्पतालमा दिउँसो २ः४५ बजे ज्यान गएको हो ।

त्यस्तै सोही मोटरसाइकलमा सवार रौतहटका ३४ वर्षीय भुपेन्द्र चौधरी घाइते भएका छन् । उनको दाहिने हात र बायाँ खुट्टा भाँचिएको र उपचार परवानिपुर स्थित एल.एस. न्युरो अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

 

spot_img

लोकप्रिय

Related Articles