Tuesday, May 26, 2026

घाँस काट्ने क्रममा विद्युतीय तार काट्दा ज्यान गयो

ताजा / भरखरै प्राप्त

भदौ १५, बारा । बाराको सिम्रौनगढ नगरपालिकामा आईतबार घाँस काट्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ कोनिहाटी चौरमा घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

आईतबार दिउँसो करिब ३ ३० बजेको समयमा स्थानीय भनु महतोले आफ्नै खेतमा पानी हाल्नका लागि जडान गरेको विद्युतीय मोटरको तारलाई घाँस काट्ने क्रममा हँसियाले काट्दा कचोर्वा बस्ने शम्भु प्रसाद यादवकी ५० वर्षीया पत्नी अनिता देवी यादवको घट्नास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त हुनेबितिकै ईप्रका सिम्रौनगढका प्रहरी निरीक्षक पवन पछाईंको कमाण्डमा घटनास्थल पुगेको टोलीले यादवको मृत्यु भईसकेको र मुचुल्का सहितको आवश्यक अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ ।

spot_img

लोकप्रिय

Related Articles