Tuesday, May 26, 2026

धर्मनगर टोलमा चार दिनदेखि विद्युत अवरुद्ध

ताजा / भरखरै प्राप्त

असोज २१, बारा । कलैया उपमहानगरपालिका १२ धर्मनगर टोलमा विगत ४–५ दिनदेखि विद्युत अवरुद्ध भएको छ । लामो समयदेखि बत्ती नआएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् ।

स्थानिय यूवा आकाश साहका अनुसार टोलवासीहरूले पटक–पटक नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रमा जानकारी गराए पनि कुनै समाधान नआएको गुनासो गरेका छन् । उनले भने “हामीले प्राधिकरणमा बारम्बार जानकारी गराएका छौं, तर प्रमुख हिमांशु यादवले हाम्रो समस्या सुन्नु भएन, बेवास्ता गर्नुभयो ।”

यस विषयमा विद्युत प्राधिकरण कलैयाका प्रमुख हिमांशु यादवले भने केही स्थानमा अझै विद्युत आपूर्ति अवरुद्ध रहेको स्वीकार गर्दै मर्मत कार्य भइरहेको बताएका छन् । यादवका अनुसार “कतिपय लाइनमा समस्या भेटिएको छ, त्यसको मर्मत कार्य जारी छ । छिट्टै सबै क्षेत्रमा विद्युत आपूर्ति हुने उनले बताए ।”

spot_img

लोकप्रिय

Related Articles