Tuesday, May 26, 2026

रौतहटमा करेन्ट लागेर पूर्व वडाअध्यक्ष यादवको मृत्यु

ताजा / भरखरै प्राप्त

कार्तिक ५, रौतहट । रौतहटको गौर नगरपालिका ५ का पूर्व वडाअध्यक्ष रामस्वार्थ राय यादवको आज बिहान करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै करेसाबारीमा विद्युतीय मोटरमार्फत पानी सिँचाइ गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनलाई स्थानीयले तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौर पुर्‍याएका थिए ।

तर उपचारको क्रममा चिकित्सकहरूले अपरान्ह ४:३० बजे यादवलाई मृत घोषित गरेको प्रहरीको भनाइ छ ।

स्थानीय राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका यादव समाजसेवी तथा सहयोगी स्वभावका व्यक्तित्वका रूपमा परिचित रहनुभएको थियो ।

spot_img

लोकप्रिय

Related Articles