कार्तिक ०३, रौतहट । रौतहटको वृन्दावन नगरपालिका ६ हर्षाहामा दिपावलीको अवसरमा स्थानीय युवाहरूले नेपाल राष्ट्रको झण्डा भव्य रूपमा फहराएका छन् ।
सामूहिक पहलमा गरिएको यो कार्यमार्फत युवाहरूले देशप्रेम, राष्ट्रिय एकता र सांस्कृतिक पहिचान प्रतिको सम्मानको सन्देश प्रकट गरेका छन् ।
वडाका युवा तथा अभिभावकहरू मिलेर सामुहिक रुपमा गरिएको कार्यक्रमले स्थानीय बासिन्दाहरूलाई आकर्षित गरेको स्थानीय यूवा आनन्द राज पटेलले बताएका छन् ।
दिपावली जस्तो पर्वलाई राष्ट्रप्रेमसँग जोड्दै सामूहिक सहभागितामा गरिएको यो कामलाई स्थानीय स्तरमा प्रशंसनीय उदाहरणका रूपमा लिइएको छ ।

