Tuesday, May 26, 2026

बारामा ८७ प्रतिशतले खाए हैजा विरुद्धको खोप

ताजा / भरखरै प्राप्त

कार्तिक ०३, बारा । बारामा ३ लाख १७ हजार २ सय ४२ जनालाई हैजा विरुद्धको खोप खुवाइएको जिल्ला जनस्वास्थ्य कार्यालय बाराले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको सहकार्यमा जिल्ला जनस्वास्थ्य कार्यालय बाराले असोज २७ गतेदेखि कात्तिक २ गतेसम्म सञ्चालन गरेको हैजा विरुद्धको खोप अभियान अन्तर्गत जिल्लाका उच्च जोखिममा रहेको ६ वटा पालिकामा ३ लाख १७ हजार २ सय ४२ जनालाई हैजा विरुद्धको खोप खुवाइएको हो ।

उच्च जोखिममा रहेका बाराको ६ वटा पालिकाका एकवर्ष भन्दा माथिका ३ लाख ६५ हजार ९ सय ३१ जनालाई खोप खुवाउने लक्ष्यका साथ असोज २७ गतेबाट सुरु भएको अभियान अन्तर्गत ८७ प्रतिशत नागरिकलाई खोप खुवाईएको जिल्ला जनस्वास्थय कार्यालय बाराका प्रमुख रामनरेश राय यादवले बताउनु भएको छ । प्रमुख यादवका अनुसार खोप खान छुटेका १३ प्रतिशतलाई छठ पछि स्वास्थ्य विभागसंग समन्वय गरी घर घर गएर खुवाउने अभियान सुरु गरिनेछ ।

जनस्वास्थ्य कार्यालय बाराका अनुसार उच्च जोखिममा रहेका बाराका जितपुरसिमरा उपमहानगरपालिकामा १ लाख ८ हजार ६ सय ७३, कलैया उपमहानगरपालिकामा १ लाख २१ हजार ९ सय ३४, विश्रामपुर गाउँपालिकामा १९ हजार ६ सय ३२, परवानिपुर गाउँपालिकामा २१ हजार ७ सय १७, प्रसौनी गाउँपालिकामा २३ हजार ५ सय र फेटा गाउँपालिकाकामा २१ हजार ७ सय ८६ जना एकवर्ष भन्दा माथिका नागरिकहरुलाई हैजा विरुद्धको खोप खुवाईएको छ ।

spot_img

लोकप्रिय

Related Articles